Home Bibles हितोपदेश 29:7 · नेपाली बाइबल
हितोपदेश 29:7 · नेपाली बाइबल

धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन।

Cross references

1 शमूएल 25:9

दाऊदका मानिसहरू नाबालकहाँ गए। तिनीहरूले दाऊदको समाचार नाबाललाई सुनाए।

1 शमूएल 25:25

तपाईंले पठाउँनु भएका मानिसहरू मैले देखिनँ। महाशय त्यो काम नलाग्ने नाबालको कुरामा ध्यान नदिनुहोस्। जस्तो उसको नाउँ छ मानिस पनि त्यस्तै छ। उसको नाउँको अर्थ ‘मूर्ख”, भए जस्तो उ पनि मूर्ख नै छ।

अय्यूब 29:16

म गरीबहरूको लागि पिता समान थिएँ। यदि मैले नजानेको विषयका कुनै मामला मेरो सामु आए मैले त्यस मामलाको विषयमा विस्तृत रूपमा खोजी गर्ने गर्थें।

अय्यूब 31:13

मैले मेरो दास वा दासीको बिन्ती इन्कार गरेको भए, तिनीहरूले मकहाँ आफ्नो उजुर ल्याउँदा मैले त्यो इन्कार गरेको छु भने,

अय्यूब 31:21

फाटकमा न्यायकर्ताहरूले टुहुराहरूको विरूद्धमा मेरो पक्ष लिनेछन् भनी जान्दा जान्दै पनि मैले कहिल्यै तिनीहरूमाथि डर देखाउन हात उठाइनँ।

भजनसंग्रह 31:7

हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।

भजनसंग्रह 41:1

एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशिर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।

भजनसंग्रह 72:12

हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ। हाम्रो राजाले दीन-दुःखि, असहायहरूलाई साथ दिनुहुन्छ।

हितोपदेश 21:13

यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।

हितोपदेश 31:8

तिनीहरूको निम्ति बोली देऊ जसले आफ्नो लागि बोल्न सक्दैनन् अनि ती अभावग्रस्त गरीबहरूको अधिकारको लागि बोली देऊ।

यर्मिया 5:28

तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।

यर्मिया 22:15

देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।

इजकिएल 22:7

यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।

इजकिएल 22:29

“सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।

मीका 3:1

फेरि मैले भनें, “हे याकूबका अगुवाहगरु, अब सुन्। इस्राएलको शासकहरु तिमाहरुले न्याय के हो सो जान्नु पर्छ।

गलाती 6:1

दाज्यू-भाइ र दिदी-बहिनीहरू हो! तिमीहरू मध्ये कसैले भूल गर्न सक्छौ। तिमीहरूमा जो आत्मिक छौ भूल गर्ने मानिसकहाँ जाऊ र उसलाई नम्रतापूर्वक ल्याऊ। यो काम नम्र बनेर गर्नु पर्छ। तर होश गर! नत्र तिमी पनि पापतिर तानिन सक्छौ।

Interlinear

Choose Theme