उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।
Cross references
परमेश्वरले मोशालाई अझ भन्नुभयो, “तिमीले इस्राएलीहरूलाई के भन्नु पर्छ भने, ‘परमप्रभु तिम्रो पिता-पुर्खाहरूका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। मेरो नाउँ सदैव परमप्रभु रहनेछ। यही रूपमा मानिसहरूले मलाई पुस्तौं-पुस्तासम्म चिन्नेछन्,’ यसैकारण मानिसहरूलाई भन, ‘परमप्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको छ।”‘
टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
तपाईंको पवित्र वासस्थान स्वर्गबाट तल हेर्नु होस् अनि इस्राएलका मानिसहरूलाई र हामीलाई अशीर्वाद दिनुहोस्। तपाईंले हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेर हामीलाई दिनु भएको दूध र महले भरिएको भूमिलाई पनि आशीर्वाद दिनु होस्।’
परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”
पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
किन? किनभने जब गरीब मानिसले गुहारथ्यो, म सघाउथें। अनि माता-पिता नभएका नानीहरू र रक्षाहीनहरूको म हेरचाह गर्थें।
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ, अनि तिनीहरूको निम्ति केही गर्नु हुनेछ! समस्याहरूले लादिएका मानिसहरू तपाईं कहाँ सहयोग माग्न आउँदछन्। हे परमप्रभु, तपाईं मात्र हुनुहुन्छ जसले टुहुरा-टुहुरीलाई सहायता गर्नु हुन्छ, यसैले सहयोग गर्नुहोस्।
हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्। दुःखी मानिसहरूलाई अझै समस्या र कष्टहरूमा बढता पीडित हुन नदिनु होस्। दुष्टहरूलाई यहाँ बस्नसम्म भयभीत पारीदिनु होस्।
उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्। गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्। उहाँले असहायहरूलाई साथ दिओस्। कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
“गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”
परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!
तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।”
“अश्शूरले हामीलाई बचाउँन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौ। किन? किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने केवल तपाईं मात्र हुनुहुन्छ।”
“कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
“तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्
तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर।