त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।
Cross references
“यदि कुनै व्यक्तिले कसैलाई मारेको पूरा साक्षीहरू भए मात्र उसलाई मृत्यु दण्ड दिन सकिन्छ। एकजना व्यक्तिले दिएको गवाहीमा मृत्यु दण्ड दिन सकिंदैन।
टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ।
यदि तिमीहरूले यस्तो नराम्रो समाचार सुनेका छौ, तब तिमीहरूले यसलाई होशियारसँग अवश्यै जाँच गर्नु पर्छ अनि थाहा लगाउनु पर्छ यस्तो भयंङ्कर घटना इस्राएलमा भयो वा भएन। यदि यो साँच्चो प्रमाणित हुन्छ।
तपाईंले मलाई नराम्री स्त्री ठान्नु हुँदैन। म साह्रै ठूलो कष्टमा परेकी छु र साह्रै दुःखी भएकी छु। मैले धेरै बेरसम्म परमेश्वरलाई प्रार्थना चढाएकी हुँ।”
एलीका छोराहरू दुष्ट थिए। परमप्रभु प्रति तिनीहरूको कुनै वास्ता थिएन।
त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।
बाहिरी रूपलाई जाँच गर्न छाडी देऊ। निष्पक्ष बन र सत्य अनुसार जाँच गर।”
यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन।