Home Bibles अय्यूब 28:26 · नेपाली बाइबल
अय्यूब 28:26 · नेपाली बाइबल

पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।

Cross references

अय्यूब 36:26

हो, परमेश्वर महान् हुनुहुन्छ। तर हामी उहाँको महानता बुझ्न सक्तैनौं। हामी जान्दैनौं कि परमेश्वर देखि हुनुहुन्छ।

अय्यूब 36:27

परमेश्वरले पृथ्वीबाट पानी लैजानु हुन्छ अनि यसलाई तुषारो र हिउँमा परिवर्तन गर्नुहुन्छ।

अय्यूब 36:29

परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।

अय्यूब 36:32

परमेश्वरले उज्यालो आफ्नो हातमा अठ्याउनु हुन्छ र उहाँले जहाँ चाहनुहुन्छ त्यहाँ हिर्काउने आदेश गर्नु हुन्छ।

अय्यूब 37:2

सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।

अय्यूब 37:3

परमेश्वरले आकाशको वारपार आफ्नो बिजुली चम्काउनु हुन्छ अनि यसले सम्पूर्ण पृथ्वी नै चम्काउँछ।

अय्यूब 37:4

बिजुली चम्केपछि परमेश्वरको गर्जन आवाज सुन्न सकिन्छ। परमेश्वर अद्भूत आवाजले गर्जनु हुन्छ। जब बिजुली चम्कन्छ परमेश्वरको आवाज गर्जन्छ।

अय्यूब 37:11

परमेश्वरले बादलमा पानी भर्नुहुन्छ, अनि गर्जने मेघ फैलाउनु हुन्छ।

अय्यूब 38:25

अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने? कसले आँधी वेरी आउने बाटो बनाए?

अय्यूब 38:27

त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ अनि घाँस उम्रन थाल्दछ।

भजनसंग्रह 29:3

परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।

भजनसंग्रह 135:7

परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।

भजनसंग्रह 148:8

परमेश्वरले आगो र हिउँ, असिना, धुँवा, आँधी, बतास रच्नुभयो।

यर्मिया 14:22

विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”

आमोस 4:7

मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमापानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।

जकरिया 10:1

वसन्त ऋतुमा वर्षाको निम्ति परमप्रभुसंग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।

Interlinear

Choose Theme