Home Bibles ☰ Books अय्यूब 36:29 · नेपाली बाइबल
अय्यूब 36:29 · नेपाली बाइबल

परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।

Cross references

1 राजा 18:44

सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।”एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”

अय्यूब 26:14

यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।”

अय्यूब 28:26

पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।

अय्यूब 37:2

सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।

अय्यूब 37:16

के तिमी जान्दछौ कसरी बादलहरू आकाशमा झुण्डिन्छन्? परमेश्वरले बनाउनु भएका अनौठा सृजनाहरू मध्ये बादल खाली एकमात्र उदाहरण हो। अनि परमेश्वरले ती सबै कुराहरू विषयमा जान्नु हुन्छ।

अय्यूब 38:9

त्यसबेला यसलाई मैले बादलहरूले ढाकें अनि अँधेरोमा लपेटें।

अय्यूब 38:37

त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ अनि कसले डिम्का लगाएर बादलबाट पानी पार्न सक्छ?

भजनसंग्रह 18:13

परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।

भजनसंग्रह 29:3

परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।

भजनसंग्रह 77:16

परमेश्वर, पानीले तपाईंलाई देख्यो र भयभित भयो। गहिरो पानी भएका ठाउँहरू पनि डरले कामे।

भजनसंग्रह 77:19

परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।

भजनसंग्रह 104:3

परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।

भजनसंग्रह 104:7

तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।

नहूम 1:3

परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरुलाई भाग्न दिनुहुदैन। हेर, परमप्रभु दुष्ट जनहरुलाई दण्ड दिन आउँदै हुनुहुन्छ। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी र आँधिहरु ल्याउनु हुँनेछ। मानिसहरु यो पृथ्वीमा माटोमाथि हिंड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।

हबकूक 3:10

तपाईंलाई देखेर पहाडहरु काम्न थाले, पानी पृथ्वीमा बग्न शुरु गर्यो। जव गहिरो समुद्र भूमिबाट झर्यो यसले ठुलो हल्ला गर्यो।

Interlinear

Choose Theme