Home Bibles अय्यूब 37:2 · नेपाली बाइबल
अय्यूब 37:2 · नेपाली बाइबल

सबैले सुन! परमेश्वरको आवाज बज्र जस्तो सुनिन्छ। परमेश्वरको मुखबाट आउने मेघ गर्जन सुन।

Cross references

प्रस्थान 19:16

तेस्रो दिन बिहान बाक्लो बादल पर्वतमा झर्यो। त्यहाँ बिजुलीको चमक देखियो आकाशको गर्जनको साथै तुरहीको एकदमै चर्को आवाज सुनियो। छाउनीमा भएका मानिसहरू डराए।

अय्यूब 28:26

पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।

अय्यूब 36:29

परमेश्वरले आकाशमा बादल कसरी फैलाउनु हुन्छ अथवा मेघ कसरी गर्जाउनु हुन्छ कसैले पनि बुझ्न सक्तैन।

अय्यूब 36:33

आकाशको गर्जनले आँधी कहाँ आउदैछ बताउँछ। यसर्थ गाई वस्तुले पनि बुझ्छ कि आँधी बेई कहाँ आउँदैछ।

अय्यूब 37:5

परमेश्वरको गर्जन आवाज चमत्कारमय हुन्छ। उहाँले महान कर्महरू गर्नु हुन्छ जुन हामी बुझ्न सक्तैनौं।

अय्यूब 38:1

तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः

अय्यूब 40:9

के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

भजनसंग्रह 29:3

परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ।मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।

भजनसंग्रह 104:7

तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।

Interlinear

Choose Theme