तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’
Cross references
यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।
ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘
मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।
उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।
तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
0तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ।
यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तबसम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला
तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”
तपाईंले तिनीहरूलाई एन्दोरमा परास्त पार्नुभयो। अनि तिनीहरूका सारा शरीरहरू भूइँमा सडी रह्यो।
दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।
तिनीहरूले सबै हड्डीहरू घाम, जुन र ताराहरू मुनि मैदानमा फिँजाउनेछन्। यरूशलेमका मानिसहरूले घाम, जुन अनि ताराहरूलाई माया गर्थे। तिनीहरूले तिनीहरूलाई सेवा र अनुसरण गरे। तिनीहरूले तिनीहरूसित परमर्श गरे अनि तिनीहरूको अघि घुँडा टेकेर पूजा गरे। फेरि कसैले पनि हड्डीहरू बटुल्ने छैन अनि पुर्ने छैन। यही कारणले हड्डीहरू मैदानमा फिजाएको गाईको गोबर जस्तै हुनेछ।