Home Bibles अय्यूब 7:10 · नेपाली बाइबल
अय्यूब 7:10 · नेपाली बाइबल

उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।

Cross references

2 शमूएल 12:23

तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”

अय्यूब 8:18

तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।

अय्यूब 20:9

मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।

अय्यूब 27:21

पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।

अय्यूब 27:23

जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।

भजनसंग्रह 103:16

परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।

Interlinear

Choose Theme