Home Bibles अय्यूब 21:28 · नेपाली बाइबल
अय्यूब 21:28 · नेपाली बाइबल

तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।

Cross references

गन्ती 16:26

मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”

अय्यूब 1:3

अय्यूबको आफ्नै 7,000 भेडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।

अय्यूब 8:22

तर तिम्रा शत्रुहरूले लगाउने पोषाक नै लाजको हुनेछ अनि दुष्ट मानिसहरूका घरहरू भत्काइनेछ।”

अय्यूब 20:5

आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।

अय्यूब 20:7

तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’

अय्यूब 27:12

तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ?

अय्यूब 31:37

यदि परमेश्वरले त्यसो गर्नुभयो भने, तब मैले गरेका सारा कुराहरू म व्याख्या गर्न सकूँला। म परमेश्वर नजिक मुखिया सरह आफ्नो शिर उच्च गरेर आउँन सकौं।

भजनसंग्रह 37:36

तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।

भजनसंग्रह 52:5

यसैले परमेश्वरले तिमीहरूलाई सदा-सर्वदाको निम्ति नाश गर्नुहुनेछ! उहाँले तिमीहरूलाई पक्रनु हुनेछ अनि तिम्रो घरबाटधकेल्दै तान्नु हुनेछ, जसरी मानिसहरूले उद्भिद्लाई जमीनबाट जरैसँग तानेर निकाल्दछ।

हबकूक 2:9

हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।

जकरिया 5:4

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “म यो पत्रलाई चोरहरुको घर अनि झुटा मानिसहरुको घरमा पठाउनेछु। जसले झुटो शपथ खान मेरो नाउँको प्रयोग गर्छन्। यो मुट्ठो त्यहीं बस्नेछ अनि ती घरहरु नष्ट पार्नेछ, यहाँ सम्म कि ढुङ्गा र काठको खम्बा पनि नष्ट भएर जानेछ।

Interlinear

Choose Theme