Home Bibles अय्यूब 4:20 · नेपाली बाइबल
अय्यूब 4:20 · नेपाली बाइबल

मानिसहरू विहानदेखि बेलुकीसम्म मर्छन् अनि कसैलाई पनि थाहा हुँदैन। तिनीहरू मर्छन् र सदाको लागि अल्पिन्छन्।

Cross references

2 इतिहास 15:6

‘एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो।

2 इतिहास 21:20

योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

अय्यूब 14:2

मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ।

अय्यूब 14:14

यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तबसम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला

अय्यूब 14:20

तपाईंले तिनीहरूलाई पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ।

अय्यूब 16:22

केही वर्षमा म नफर्किने ठाउँमा जानेछु।

अय्यूब 18:17

पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन।

अय्यूब 20:7

तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’

भजनसंग्रह 37:36

तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।

भजनसंग्रह 39:13

हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

भजनसंग्रह 90:5

हामीलाई कसिंगर जस्तै बढार्नुहुन्छ। हाम्रो जीवन बिहानै हराएर विलाई जाने सपना जस्तै छ। हामी घाँस जस्तै छौ।

भजनसंग्रह 92:7

दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।

हितोपदेश 10:7

एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।

यशैया 38:12

मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन् अनि मबाट टाढा सारिरहेछन्। म मानिसहरूले लुगा तानबाट तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।

Interlinear

Choose Theme