तर यदि उद्भिद्लाई त्यसको ठाउँ सार्यो भने त्यो मर्नेछ, र त्यो उद्भिद् त्यहाँ एक समयमा थियो भन्ने कसैलाई थाहा पनि हुँदैन।
Cross references
अनि तपाईंले मलाई फेरि देख्नु हुने छैन, तपाईंले मलाई हेर्नु हुनेछ, तर म गई सकेको हुनेछु।
उ आफ्नो पुरानो घरमा फेरि फर्की आउँदैन उसको घरले फेरि उसलाई चिन्ने छैन।
मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।
चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्!
तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिन।
परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
दुष्ट मानिसहरू झारपातहरू जस्ता जहीं-तहीं उम्रन्छन्। तर तिनीहरू सधैंको निम्ति नष्ट हुनेछन्। तिनीहरू जे गर्छन् त्यो सदालाई विनिष्ट हुन्छ।