Home
Bibles
Bible Study with Steffi
अय्यूब 17 · नेपाली बाइबल
||
Aa
अय्यूब
Chapter 17
नेपाली बाइबल
1
“मेरो आत्मा टुक्रियोः म त्याग्न तयार छु। मेरो जीवन प्रायः बितिसक्यो, चिहानले मलाई पर्खिरहेछ।
2
मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु।
3
हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।
4
तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्।
5
तपाईंहरूलाई यो भनाई थाहा छ, ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक भोकै राखी साथीलाई मद्दत गर्छन्।’
6
परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।
7
मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ।
8
धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्। अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ।
9
तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ।
10
तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर। तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन।
11
मेरो जीवन बितिरहेछ। मेरो योजनाहरू नष्ट भइरहेछ। मेरो इच्छा मर्यो।
12
तर मेरो सारा मित्रहरू सालेमाले भए। तिनीहरू रातलाई दिन सोच्छन तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्।
13
म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला।
14
म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’
15
तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्। यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
16
के मेरो आशा मसँगै मरेर जानेछ? के यो मृतलोकमा जानेछ? के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?”
Back to language index
Choose Theme