तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ।
Cross references
जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ।
म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।
तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु। मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।
संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ! म दुखमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।
उहाँले मण्डलीलाई महिमित दुलही बनाउनु तथा कलंक, चाउरी वा त्यस्तै कुनै त्रुटिरहित बनाउन तथा उनलाई शुद्ध र निर्दोष पार्नु आफैलाई बलि दिनुभयो।