परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्।
Cross references
मलाई नभनी किन भागिस्? यदि मलाई भनेको भए म भोज गराउने थिएँ। त्यहाँ नाच गान हुनेथियो।
तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।
अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्। आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।
म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।
आफ्नो उदासीपन देखाउनलाई योत्रो पोशाक लगाएँ, अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।