Home Bibles ☰ Books अय्यूब 17:3 · नेपाली बाइबल
अय्यूब 17:3 · नेपाली बाइबल

हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन।

Cross references

उत्पत्ति 43:9

म तिमीलाई विश्वास दिलाउँछु हाम्रो भाइ सुरक्षित रहनेछ। यसको लागि म सम्पूर्ण दायित्व लिने छु। यदि मैले उसलाई फर्काउन सकिन भने तिमीले मलाई सँधैं दोष दिन सक्छौ।

उत्पत्ति 44:32

“त्यस केटोको जिम्मादारी मैले लिएँ। मैले मेरो बाबुलाई भनें, ‘यदि मैले त्यस केटोलाई फर्काई ल्याइन भने तपाईंले मलाई सारा जीवनभरि दोष दिन सक्नु हुन्छ।’

अय्यूब 5:1

“अय्यूब, यदि तिमी चाहन्छौ भने डाकी पठाऊ तर कसैले पनि तिमीलाई जवाफ दिनेछैन। कुन पवित्र पुरूषले तिमीलाई फर्काउनेछ?

अय्यूब 9:33

म चाहन्छु कि त्यहाँ दुवै पक्षहरूलाई सुनिदिने कोही रहोस्। म चाहन्छु कि त्यहाँ दुवै पक्षलाई निष्पक्ष रूपमा न्याय गर्ने कोही होस्।

भजनसंग्रह 119:122

मप्रति असल रहने कसम खानुहोस्। म तपाईंको दास हुँ। हे परमप्रभु, ती अंहकारीसहरूलाई मप्रति आघात पुर्याउन नदिनुहोस्।

हितोपदेश 6:11

अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।

हितोपदेश 11:15

नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।

हितोपदेश 17:18

समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।

हितोपदेश 20:16

एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

हितोपदेश 22:26

कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।

यशैया 38:14

म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”

हिब्रू 7:22

यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।

Interlinear

Choose Theme