तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्। यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्।
Cross references
तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।
मेरो बल गयो यसैले मसित बाँच्ने आशा पनि छैन्। म जान्दिनँ ममाथि के दुर्घटना आइपर्नेछ। यसैले मसंग धैर्य पनि छैन।
मेरो दिनहरू जुलाहा तानको धागो झैं चाढो चाढो वितिरहेको छ अनि प्रत्येक दिन निराशमय भई शेष हुन्छ।
हेर, परमेश्वरले मलाई यसको लागि मार्न सक्नु हुन्छु, तर तै पनि म उहाँलाई विश्वास गरिरहनेछु। म आफ्ना मामला उहाँ सम्मुख प्रस्तुत गर्ने नै छु। तर म स्वयंलाई उहाँको समक्ष बचाउ गर्ने छु।
पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ बाढीहरूले मैदानको माटो काटिदिन्छ। त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ।
परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।
मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”
त्यसपछि परमप्रभु मेरा मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो! यी हाडहरू इस्राएलको पुरै घराना जस्तै हुन। इस्राएलका मानिसहरू भन्छन्, ‘हाम्रो हाडहरू सुकेका छन् हाम्रो आशा समाप्त भयो। हामी पूर्ण रूपले नष्ट गरिएकाछौ।’