Home Bibles न्यायकर्ता 20:1 · नेपाली बाइबल
न्यायकर्ता 20:1 · नेपाली बाइबल

यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।

Cross references

गन्ती 32:1

रूबेन र गाद वंशका मानिसहरूको धेरै धेरै गाई-वस्तुहरू थिए। यसर्थ जब तिनीहरूले याजेर र गिलादको भूमि देखे तिनीहरूले ती ठाँउहरू पशुपालनको निम्ति उपयुक्त सम्झे।

गन्ती 32:40

यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे।

व्यवस्था 13:12

“परमप्रभु तिमीहरूका परमेश्वरले बस्नको लागि तिमीहरूलाई शहरहरू दिनु भएको छ। कोही समय ती शहरहरू मध्ये कुनै एक शहरको विषयमा नराम्रो कुराहरू सुन्न सक्छौ। तिमीहरू थाहा पाउन सक्छौ

यहोशू 4:13

झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।

यहोशू 15:38

दिलान, मिस्पे, योक्तेल,

यहोशू 17:1

तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।

यहोशू 18:26

मिस्पा, कपीरा, मोसा,

यहोशू 22:9

यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

यहोशू 22:12

इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।

न्यायकर्ता 10:17

अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।

न्यायकर्ता 11:11

यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।

न्यायकर्ता 11:34

यिप्तह मिस्पा फर्केर गए। यिप्तह आफ्ना घर गए अनि उसकी छोरी तिनलाई भेट्न घरबाहिर निस्की। तिनी खैंजडी बजाउँदै अनि नाच्दै थिईन्। तिनी उसकी एउटै छोरी थिईन्। यिप्तहले उसलाई अत्यन्तै प्रेम गर्थे। यिप्तहका अरू छोरा-छोरी थिएनन्।

न्यायकर्ता 18:29

दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।

न्यायकर्ता 20:2

इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।

न्यायकर्ता 20:8

तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।

न्यायकर्ता 20:11

यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए।

न्यायकर्ता 20:18

इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

न्यायकर्ता 20:26

त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।

न्यायकर्ता 21:5

तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेटून आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

1 शमूएल 3:20

त्यसबेला सारा इस्राएलका, (दान देखि बेर्शेबा सम्मका) मानिसहरूले शमूएल परमप्रभुका साँचो अगमवक्ता भएको चाल पाए।

1 शमूएल 7:5

शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

1 शमूएल 10:17

शमूएलले सबै इस्राएलका मानिसहरूलाई मिस्पामा परमप्रभुकहाँ भेला हुन बोलाए।

1 शमूएल 11:7

शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!”परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के।

2 शमूएल 2:9

गिलाद, अशूर, यिज्रेल, एप्रैम, बिन्यामीन अनि सम्पूर्ण इस्राएलको राजा बनाए।

2 शमूएल 3:10

तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।”

2 शमूएल 19:14

दाऊदले यहूदावासीहरूको हृदयमा स्नेह पाए यसैले तिनीहरूले एउटै मानिसको रूपमा मत प्रकट गरे। यहूदाका मानिसहरूले राजालाई खबर पठाए। तिनीहरूले भने, “तपाईं र तपाईंका अधिकारीहरू आउनुहोस्।”

2 शमूएल 24:2

राजा दाऊदले सेनाका कप्तान योआबलाई भने, “इस्राएलको दानदेखि बेर्शेबासम्मका सबै वंश परिवार समूहका बीचमा गएर मानिसहरू कति छन् गन्ती गर। त्यसपछि कति मानिस छन् भनेर मलाई थाहा हुनेछ।”

1 राजा 5:5

“परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।

2 राजा 25:23

सेनाका सेनापतिहरू नतन्याहका छोरा ईश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हमेतका छोरा सरायाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्पा गए।

1 इतिहास 21:2

यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”

2 इतिहास 30:5

यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए।

एज्रा 3:1

जब सातौं महीना आयो अनि इस्राएलका मानिसहरू तिनीहरूको शहरहरूमा थिए, समस्त मानिसहरू यरूशलेममा एकै साथ भेला भए।

नहेम्याह 8:1

समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।

नहेम्याह 11:27

हसर्शूआल, बेर्शेवा अनि त्यसका वरिपरिका स-साना गाउँहरू।

Interlinear

Choose Theme