Home Bibles यर्मिया 8:15 · नेपाली बाइबल
यर्मिया 8:15 · नेपाली बाइबल

हामीले व्यर्थमा शान्ति पाउने आशा गर्यौ।” हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।

Cross references

अय्यूब 30:26

जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो।

यर्मिया 4:10

तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”

यर्मिया 6:25

खेतमा नजाऊ। सडकतिर नआऊ किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ।

यर्मिया 8:11

मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, ‘यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।’ तर वास्तवमा केही पनि ठीक छैन।

यर्मिया 12:12

मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।

यर्मिया 14:19

“हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।

इजकिएल 7:25

“तिमीहरू मानिसको डरले काम्ने छौ। तिमीहरू शान्ति खोज्नेछौ तर त्यहाँ पाउँने छैनौं।

मीका 1:12

मारोतका वासिन्दाहरुले केही राम्रो कुरा होस् भनी व्याकुलतापूर्वक पर्खिरहेकाछन्। किन? किनभने कष्ट परमप्रभुबाट यरूशलेमको मुलढोकामा आएकोछ।

1 थिस्सलोनिकी 5:3

मानिसहरू भन्नेछन्, “हामीलाई शान्ति छ, हामी सुरक्षित छौं। तर तिनीहरूमाथि एक्कासि विनाश आइलाग्छ जसरी गर्भवती स्त्रीलाई एक्कासि प्रसव वेदनाले चाप्दछ। अनि त तिनीहरूले भाग्ने मौका समेत पाउने छैनन्।

Interlinear

Choose Theme