Home Bibles ☰ Books नहूम 3:2 · नेपाली बाइबल
नहूम 3:2 · नेपाली बाइबल

तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।

Cross references

न्यायकर्ता 5:22

घोडका टापहरूले भूइँ ठोके। सीसराका शक्तिशाली घोड झन-झन दौडे।

अय्यूब 39:22

घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्। त्यो युद्धभूमिबाट चम्पट लाउँदैन।

यशैया 9:5

युद्धमा चल्ने प्रत्येक सैनिकले लगाएको जुत्ता ध्वंश गराइनेछ। पोशाकमा लागेका रगतको प्रत्येक दाग मेटाइनेछ। ती सबै चीजहरू आगोमा भस्म हुनेछन्।

यर्मिया 47:3

तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन् तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन् तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। तिनीहरू अति नै कमजोर हुनेछन्।

योएल 2:4

सलहहरु घोडा जस्तै देखिन्छन् अनि तिनीहरु युद्धको घोडा जस्तै दौडन्छन्।

योएल 2:5

तिनीहरुलाई सुन! तिनीहरुको ध्वनि युद्घको समयमा रथ पहाडमा चढ्दा भएको खैला-बैला जस्तै हुन्छ। त्यो आवज भुस जलेर निस्केको आगोको ज्वाला जस्तै छ। एक हुल शक्तिशाली मानिसहरु युद्घका निम्ति तत्पर हुँदाको जस्तै हुनेछ।

नहूम 2:3

ती सैनिकहरुको ढालहरु राताछन्। तिनीहरुको पोशाक रातो चम्किलो छ। उनीहरुको रथहरु लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरुका भालाहरु ठाडो राखिएकाछन्।

नहूम 2:4

तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्। तिनीहरु खूल्ला मैदानमा यताउता गरिरहन्छन्। तिनीहरु बलिरहेको राँको जस्तै, ठाउँ-ठाउँबाट बिजुली चम्किरहे जस्तै देखिन्छन्।

Interlinear

Choose Theme