भजनसंग्रह 147:18 · नेपाली बाइबल
त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो, अनि फेरि तातो बतास बहन थाल्यो हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
Cross references
अय्यूब 6:16
जब तिनीहरू बरफले जम्छन् अनि जहाँ हिउँ लुकाएर राखिएको हुन्छ।
अय्यूब 37:10
परमेश्वरको स्वासले वरफ बनाउँछ, अनि समुद्रहरू जमाउँछ।
अय्यूब 37:17
तर अय्यूब, तिमीले ती कुराहरू जान्दैनौ। जब तातो हावा दक्षिणबाट आउँदछ तिमीलाई पसिना आएर शरीरक लुगाहरू टाँसिनेछ अनि प्रत्येक चीज जस्ताको त्यस्तै शान्त रहनेछ।
भजनसंग्रह 33:9
किन? किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्।
भजनसंग्रह 78:26
परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु वर्षाउनु भयो।
भजनसंग्रह 107:20
परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए। यसकारण ती मानिसहरू चिहानबाट बाँचे।
भजनसंग्रह 147:15
परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो, यसले तुरन्तै पालन गर्यो।