Home Bibles ☰ Books यर्मिया 50:6 · नेपाली बाइबल
यर्मिया 50:6 · नेपाली बाइबल

मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।

Cross references

भजनसंग्रह 23:2

उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।

भजनसंग्रह 32:7

हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई संकटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।

भजनसंग्रह 90:1

हे परमेश्वर, तपाईं पुस्तादेखि पुस्तासम्म हाम्रो वासस्थान हुनुभएको छ।

भजनसंग्रह 91:1

तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।

भजनसंग्रह 116:7

हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।

भजनसंग्रह 119:176

म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।

श्रेष्ठगीत 1:7

म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

यशैया 1:3

गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँडकहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”

यशैया 30:15

परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।”तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।

यशैया 32:2

यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।

यशैया 53:6

हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।

यशैया 56:10

पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।

Interlinear

Choose Theme