येशूले भन्नुभयो, ‘इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।’
Cross references
हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।
मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।
“‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।
“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाँहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदूहीरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।
परमेश्वरको पुत्र हराएकाहरूलाई वचाउन आउनु भएको छ।
“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।
तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ।
तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ र्फकनेछौं।
म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।