“अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।
Cross references
तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे।
मनश्शेले एउटा मूर्तिको शालिग बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा सर्वदा त्यहाँ रहने छ।
पूजाहारीहरूका अगुवाहरू अनि यहूदाका मानिसहरूका प्रमुखहरूले पनि धेरै पापहरू गरे अनि परमप्रभु प्रति झन बढ्ता अविश्वसनीय बने। तिनीहरूले अन्य राष्ट्रहरूका नराम्रा उदाहरण अनुसरण गरे। ती अगुवाहरूले परमप्रभुको मन्दिरलाई अशुद्ध पारे। परमप्रभुले यरूशलेममा मन्दिरलाई पवित्र तुल्याउनु भएको थियो।
विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएःयोशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूकाः मासेयाह, एलाजार, यारीब अनि गदल्याह।
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
“इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?”
त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।
यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्।
“उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”
यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”
ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।
“ती मानिसहरूले तिनीहरूको सुन्दर गहना उपयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु।
परमप्रभु मसित बोल्नुभयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। उत्तर पट्टि हेर!” यसकारण मैले उत्तर पट्टि हेरें। अनि त्यहाँ मूल ढोकाको वेदी द्वारको उत्तरपट्टि त्यो मूर्ति थियो, जुन प्रति परमेश्वरको डाह, हुन्थ्यो।
तब मैले ध्यान दिएँ कि शापानको छोरा याजन्याह अनि इस्राएलका सत्तरीजना बूढा-प्रधानहरू त्यस स्थानमा पूजा गर्नेहरूसित थिए। त्यहाँ तिनीहरू मानिसहरूको ठीक छेउमा थिए। अनि प्रत्येक अगुवाहरूको हातमा आ-आफ्नो सुगन्धित धूपको थाल थियो। बल्दै गरेको धूपको धूवाँ हावामा उडदै थियो।
तब उहाँले मलाई परमप्रभुको मन्दिरको भित्री चोकमा लिएर जानुभयो। त्यस ठाउँमा मैले पच्चीस जना मानिसहरू तल निहुरेर पूजा गर्दै गरेको देखें। त्यो दलान अनि वेदीको बीचमा थियो। तर तिनीहरू गलत दिशातिर फर्केर उभिएका थिए। तिनीहरूको ढाड पवित्रस्थान पट्टि थियो। तिनीहरू सूर्यको पूजा गर्नका निम्ति तल निहुरिएका थिए!
यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।
तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।
अतीतमा लेवीहरूले मलाई त्यस बेला छोडिदिए जतिबेला इस्राएलीहरू मेरो विरूद्धमा गएका थिए। इस्राएलले मलाई आफ्नो मूर्तिहरू अनुसरण गर्नको लागि छोडिदियो। लेवीहरू आफ्नो पापको निम्ति दण्डित हुनेछन्।
यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।
त्यसका अगमवक्ताहरूले धेरै पाप्त गर्न सधैं गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्।
येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।