Home Bibles भजनसंग्रह 119:176 · नेपाली बाइबल
भजनसंग्रह 119:176 · नेपाली बाइबल

म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।

Cross references

भजनसंग्रह 119:16

म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।

भजनसंग्रह 119:61

केही दुष्ट मानिसहरूका झुण्डले मेरो बारेमा नीच कुराहरू गरे। तर परमप्रभु मैले तपाईंको उपदेशहरू भुलिनँ।

भजनसंग्रह 119:93

हे परमप्रभु, म तपाईंको आज्ञाहरू कहिल्यै भुल्ने छैन किनभने तिनीहरूले मलाई बाँच्न दिए।

श्रेष्ठगीत 1:4

तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।

यशैया 53:6

हामी सबै भेडा जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौं।

यर्मिया 31:18

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

यर्मिया 50:6

मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए।

इजकिएल 34:6

मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।”‘

इजकिएल 34:16

“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”

होशे 4:6

“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।

मत्ती 10:6

बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेडाँहरू झें छन्।

मत्ती 15:24

येशूले भन्नुभयो, ‘इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।’

मत्ती 18:12

‘तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेडाहरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेडालाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडालाई खोज्न जाँदैन? के यो ठीक होइन?

लूका 15:4

“तिमीहरूमध्ये कसैको सय वटा भेंडाहरू छन् अनि ती मध्ये एउटा हरायो, त्यो उनान्सय भेंडालाई छोडेर हराएको एउटा भेडा खोज्न जान्छ। त्यो भेडा जब सम्म पाउदैन ऊ खोजी रहने छ।

लूका 19:10

मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।”:14-30)

यूहन्ना 10:16

मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।

गलाती 4:9

अब तिमीहरूले साँचो परमेश्वरलाई चिन्छौ। वास्तवमा परमेश्वरले तिमीहरूलाई चिन्नुभयो। यसकारण अघि-अघि मानिलिएका ती कमजोर र निकम्मा व्यवस्थाहरू तिर फेरि किन र्फकन्छौ? फेरि त्यसकै कमारा बन्न चाहन्छौ?

फिलिप्पी 2:13

परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

याकूब 1:17

सबै असल कुरा परमेश्वरबाट आउँछ। अनि हरेक पक्का उपहार परमेश्वरबाट आएको हो। यी सब असल उपहारहरू उहाँ पिताबाट आउँछन् जसले स्वर्गका सम्पूर्ण ज्योतिहरू निर्माण गर्नु भयो। तर छाँया ती ज्योतिहरूबाट बद्लिए जस्तो परमेश्वर कहिल्यै परिवर्त्तन हुनुहुँदैन। उहाँ सदैव समान रहनुहुन्छ।

1 पत्रुस 2:25

तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ र्फकि आएकाछौ।

Interlinear

Interlinear data is unavailable for this verse.

Choose Theme