Home Bibles यर्मिया 2:20 · नेपाली बाइबल
यर्मिया 2:20 · नेपाली बाइबल

“हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटा यौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाह भन्यौ, ‘म तपाईंको सेवा गर्दिन।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ।

Cross references

प्रस्थान 3:8

अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्।

प्रस्थान 19:8

सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।”त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने।

प्रस्थान 24:3

मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”

प्रस्थान 34:14

अरू कुनै देवताको आराधना नगर। परमप्रभुको नाउँ एल-कनाह हो डाह गर्ने परमेश्वर।

लेवी 26:13

म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू मिश्र देशमा दास थियौ तर मैले तिमीहरूलाई त्यहाँबाट बाहिर ल्याएँ। तिमीहरू दासत्वको बोझले निहुर्याइएको थियौ तर अब म तिमीहरूको जुवालाई भाँचिदिनेछु अनि म तिमीहरूलाई धर्मीकता सित शिर ठाडो गरी हिड्ने तुल्याउनेछु।

व्यवस्था 4:20

तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।

व्यवस्था 4:34

अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।

व्यवस्था 5:27

मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’परमप्रभु मोशासँग बोल्नुहुन्छ

व्यवस्था 12:2

अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।

व्यवस्था 15:15

तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।

व्यवस्था 26:17

आज तिमीहरूले भनेका छौ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ अनि उहाँले देखाउनु भएको बोटामा हिंड्ने, उहाँको शिक्षा अनुसरण गर्ने अनि उहाँले बताउनु भएको नियमहरू र निर्णयहरू पालन गर्ने प्रतिज्ञा गरेका छौ। तिमीहरूले भन्यौ उहाँले बताउनु भएको प्रत्येक चीज तिमीहरू गर्नेछौ।

यहोशू 1:16

तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।

यहोशू 24:24

तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।”

यहोशू 24:26

यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे।

न्यायकर्ता 2:11

यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।

न्यायकर्ता 2:13

इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

न्यायकर्ता 10:6

फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

1 शमूएल 12:10

तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’

1 राजा 12:32

अनि राजा यारोबामले आठौं महिनाको पन्ध्रौं दिनमा एउटा नयाँ चाड पालन गर्नु शुरू गरे जुन चाड यहूदामा मनाईने जस्तैं थियो। यो चाड यहूदाहरूको निस्तार चाड जस्तैं नै थियो। तर यो चाड आठौं महिनाको पन्ध्रौं दिन पर्दथ्यो, पहिलो महिनाको पन्ध्रौं दिनमा पर्दैनथ्यो। त्यस समयमा राजा बेतेल शहरको वेदीमा बलिहरू चढाउने गर्दथे। अनि उनी आफूले बनाएका बाछाहरूलाई बलि चढाउने गर्दथे। राजा यारोबामले बेतेलका अग्ला ठाउँहरूका लागि पूजाहारीहरू पनि छाने जो उसले बनाएका थिए।

1 राजा 14:23

मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए।

भजनसंग्रह 2:3

ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं तिनीहरूबाट अलग हौं।”

भजनसंग्रह 78:58

इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।

यशैया 1:21

परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।

यशैया 9:4

किन? किनभने तिमीहरूले गह्रुँ भार लगेर गयौ। मानिसहरूका ढाडका गह्रुँ भारी तिमीहरूले हटाएर लगिदियौ। मानिसहरूलाई दण्ड दिने फलामको डन्डा भाँचेर फालिदियौ। यो तिमीहरूले मिद्यानलाई पराजय गरेको बेला जस्तै हुनेछ।

यशैया 10:27

अश्शूरले तिमीहरूमाथि जुवाको भार ल्याउनेछ। ती जुवा तिमीहरूले आफ्नो काँधमा बोक्नु भारी जस्तै हुनेछन्। तर परमेश्वरले त्यो समस्या हटाउनु हुनेछ अनि भारी बोक्ने डण्डा भाँच्नु हुनेछ।

यशैया 14:25

म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ।

यशैया 57:5

तिमीहरू सबै हरियो रूख मनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।

यर्मिया 3:1

“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।

यर्मिया 3:2

“माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।

यर्मिया 3:6

योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।

यर्मिया 13:27

मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा र मैदानमा आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”

यर्मिया 17:2

तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू संम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समप्रित गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मनी अनि पहाडहरूमाथि सम्झन्छन्।

यर्मिया 30:8

“त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।

इजकिएल 16:15

परमेश्वरले भन्नुभयो, “तर तिमीले आफ्नो सौन्दर्यतामा भरोसा गर्न आरम्भ गर्यौं। तिमीले आफ्नो यशको उपयोग गर्यौं अनि तिमीले मलाई धोका दियौ। तिमीले एउटा वेश्याले जस्तो व्यवहार गर्यौं अनि तिमीले त्यस्तो प्रत्येकसित गर्यौ जो तिम्रो छेउमा आयो। तिमीले तिनीहरू सबैलाई आफ्नो शरीर अर्पित गर्यौं।

इजकिएल 16:24

“ती सबै कुराहरू पछि तिमीले त्यो असत्य देवताको पूजा गर्न उच्च स्थानहरू बनायौ। तिमीले प्रत्येक बाटोको चोकमा झूटो देवताको पूजाका निम्ति उच्चस्थान बनायौ।

इजकिएल 16:28

त्यसपछि तिमीले अश्शूरहरूसित शारीरिक सम्बन्ध गर्यौ। तर तिमीलाई पर्याप्त भएन। तिमी कहिल्यै पनि सन्तुष्ट भएनौ।

इजकिएल 16:31

“तिमीले प्रत्येक दोबाटोहरूमा उच्च स्थानहरू बनायौ। अनि तिमीले बाटोको हरेक गल्लीको कुनामा पूजाको स्थान बनायौ। अनि वेश्याले झैं, त्यसबाट फाइदा हुने चासो पनि गरिनौ।

इजकिएल 16:41

अनि तिनीहरूले तिम्रो घरहरू आगोले जलाई दिनेछन् अनि तिमीलाई धेरै स्त्रीहरूको सामुने दण्ड दिनेछन्। म तिमीलाई तिम्रो वेश्यावृति देखि रोक्नेछु र तिमीले अरू ज्याला पाउने छैनौ।

इजकिएल 20:28

तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटीती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए।

इजकिएल 23:5

“त्यसपछि ओहोला पतिब्रता रहिन तर एउटी वेश्या जस्तो हुन गई। उसले आफ्नो प्रेमिहरू प्रति मात्र चाख राख्न थाली।

Interlinear

Choose Theme