Home Bibles ☰ Books यर्मिया 49:33 · नेपाली बाइबल
यर्मिया 49:33 · नेपाली बाइबल

“हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिडड्डल गर्ने छैन। सधैका निम्ति यो एक शून्य उजाड मरूभूमि जस्तै हुनेछ।”

Cross references

यशैया 13:20

तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।

यशैया 14:23

परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

यशैया 34:9

एदोमका नदीहरू अलकत्रा जस्तो तातो हुनेछ। एदोमको धूलो जलिरहेको गन्धक जस्तो हुनेछ।

यशैया 34:13

ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्।

यशैया 34:14

जङ्गली बिरालोहरू त्यहाँ ब्वाँसोहरूसँग बस्ने छन्। अनि जङ्गली बाख्राहरूले आफ्ना साथीहरूलाई बोलाउनेछन्। रातका पशुहरूले त्यस ठाउँको हेरचाह गर्दै त्यहाँ विश्राम गर्ने ठाउँ पाउँनेछ।

यर्मिया 9:11

“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”

यर्मिया 10:22

सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

यर्मिया 49:17

परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्।

यर्मिया 49:18

एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन् अनि त्यहाँ कोही पनि बस्ने छैन्।” परमप्रभुले यसो भन्नुभयो।

यर्मिया 50:39

बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।

यर्मिया 51:37

बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।

सपन्याह 2:9

यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्‌नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।

सपन्याह 2:13

अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ।

मलाकी 1:3

अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”

प्रकाश 18:2

त्यो स्वर्गदूत जोडले करायो“उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।

प्रकाश 18:21

त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

Interlinear

Choose Theme