Home Bibles यशैया 13:20 · नेपाली बाइबल
यशैया 13:20 · नेपाली बाइबल

तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बु टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेडा ल्याउने छैनन्।

Cross references

2 इतिहास 17:11

केही पलिश्ती मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याए। तिनीहरूले यहोशापात कहाँ चाँदी पनि ल्याए किनभने तिनीहरू जान्दथे उनी अत्यन्त शक्तिशाली राजा हुन्। केही अरबी मानिसहरूले यहोशापात कहाँ पशुहरूका बथानहरूपनि ल्याए। तिनीहरूले 7,700 भेडाहरू अनि 7,700 बाख्राहरू तिनी कहाँ ल्याए।

अय्यूब 3:7

त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्।

यशैया 14:23

परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

यशैया 25:2

तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।

यशैया 34:10

दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा सर्वदाको लागि ध्वंस हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्।

यशैया 34:17

तिनीहरूलाई के गर्नु पर्ने परमेश्वरले निर्णय गर्नुहुनेछ। तब परमेश्वरले तिनीहरूको निम्ति ठाउँ तयार पार्नुहुनेछ। परमेश्वरले धर्का कोरेर तिनीहरूलाई आफ्नो ठाउँ देखाई दिनुहुनेछ। यसैले पशुहरूले आफ्नो ठाउँ बनाउने छन्। तिनीहरू त्यहाँ सधैंका लागि बस्नेछन्।

यर्मिया 50:3

उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”

यर्मिया 50:13

परमप्रभुले आफ्नो क्रोध देखाउनु हुनेछ। बाबेल पूर्ण रूपले उजाड हुनेछ अनि त्यहाँ कोही पनि बस्ने छैन। प्रत्येक यात्री जो बाबेल भएर जान्छ त्यो अचम्बित हुनेछ र त्यसको घाउहरू देखेर खिसी गर्नेछ।

यर्मिया 50:21

परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर।

यर्मिया 50:39

बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।

यर्मिया 50:45

बाबेलको विरूद्ध परमप्रभुको रच्नुभएको योजना सुन। बगालको स-साना थुमाहरू घिस्याएर लगिनेछ र परमप्रभुले तिनीहरूको चरणभूमि सम्पूर्ण ध्वंस पार्नु हुनेछ।

यर्मिया 51:25

परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।

यर्मिया 51:29

जब बाबेललाई जुन शून्य उजाड भूमि बनाउन परमप्रभुको काम धर्ती थर-थराउनेछ अनि बेदनामा परे झैं माडिनेछ।

यर्मिया 51:37

बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।

यर्मिया 51:43

बाबेलका शहरहरू ध्वंश पारिनेछन। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरूभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैन्।

यर्मिया 51:62

तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’

प्रकाश 18:21

त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

Interlinear

Choose Theme