“म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
Cross references
त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।
अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पूर्ननिर्माण गर्न सक्छन्?” के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”
हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।
यदि कुनै मानिस ज्ञानी छ भने उसले यी कुराहरू सम्झने छ। परमेश्वरको प्रेम के हो, त्यसपछि मात्र उसले वास्तविक रूपमा बुझ्न थाल्नेछ।
जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”
तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्।
परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ।परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
सुन्! एउटा ठूलो कोलाहल्ला सुन। हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरूभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।
“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
त्यो सम्पूर्ण क्षेत्र नै मरूभूमि जस्तो उजाड हुनेछ। यी सबै जातिहरूका मानिसहरूले सत्तरी वर्ष सम्म बाबेलका राजाको सेवा गर्नेछन्।
मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।
कसरी तिमीले परमप्रभुको नाउँमा यति नराम्रो कुरा गर्ने आँट गर्यौ? कसरी परमप्रभुको यो मन्दिर शीलोहमा ध्वंस भए जस्तो हुनेछ भन्ने आँट कसरी गर्यौ? कुन आँटले तिमीले यरूशलेम निर्जन मरूभूमि झैं हुनेछ भन्यौ?” परमप्रभुको मन्दिरमा सबै मानिसहरू यर्मियाको विरूद्ध भेला भए।
तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भनेसेनाहरूका परमप्रभु भन्नुहुन्छ “सियोन ध्वंस हुने छ। यो जोतेको खेतझैं हुनेछ। यरूशलेम ढुङ्गाको थाक हुनेछ। परमप्रभुको मन्दिर भएको डाँडा, जगंल र बनमाराहरूको रित्तो डाँडा बनिनेछ।“
तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘
बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।
परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।
परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।
हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”
यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरुलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरु सतहमा पुर्याइदिनेछु।
हे अगुवाहरु! तिमीहरुको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ।
यस्तो किन हुन्छ? किनकि तिमीहरु ओम्रीको कानूनहरु पालन गर्छौ। तिमीहरु ती नराम्रा कुराहरु भन्छौ जुन कुराहरु आहाब का घरानामा गर्छन्। तिमीहरु उनीहरुको शिक्षा अनुसार चल्छौ। यसकारण म तिमीहरुलाई नष्ट पर्नेछु। तिम्रो शहरका मानिसहरु हाँसोको पात्र हुनेछन्। तिमीहरु अन्य राज्यहरुको घृणाको पात्र बनिनेछौ।”
त्यो स्वर्गदूत जोडले करायो“उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।