Home Bibles यशैया 14:23 · नेपाली बाइबल
यशैया 14:23 · नेपाली बाइबल

परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिर्वतन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछ।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

Cross references

1 राजा 14:10

यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।

2 राजा 21:13

म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।

यशैया 13:21

जङ्गलबाट आएका जङ्गली जनावरहरू मात्र त्यहाँ बाँचिरहेका हुनेछन्। मानिसहरू बाबेलमा भएका आफ्ना घरहरूमा बस्नु पाउने छैनन्। घरहरूमा लाटोकोसेरोहरू र ठूल-ठूला चराहरू बस्नेछन्। लामा-लामा भुत्लाहरू भएका जङ्गली बाख्राहरू त्यस घरहरूमा चराहरू हिडनेछन्।

यशैया 13:22

जङ्गली कुकुरहरू अनि ब्वाँसोहरू बाबेलका विशाल महलहरूमा कराउने छन्। बाबेल खतम हुनेछ। बाबेलको अन्त नजिकै आइसक्यो। त्यो विध्वंशको दिन म पर्खने छैन्।”

यशैया 34:11

चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरूभूमि” भनिनेछ।

यर्मिया 50:39

बाबेल फेरि मानिसहरूले भरिने छैन। जङ्गली कुकुरहरू, शुतुरमूर्गहरू, र अन्य पशु-प्राणीहरू त्यहाँ बस्नेछन्, तर त्यहाँ फेरि कोही मानिस रहने छैन।

यर्मिया 51:25

परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।

यर्मिया 51:42

समुद्र उर्लेर बाबेलमाथि उठ्नेछ ढाकिने छ। यसको गर्जने छालहरूले उसलाई ढाकी दिन्छ।

सपन्याह 2:14

भेडा अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्।

प्रकाश 14:8

तब दोस्रो स्वर्गदूतले पहिलो स्वर्गदूतको अनुसरण गर्यो अनि भन्यो, “उ नष्ट भई। महान् नगर बेविलोनको नष्ट भयो। उसले सम्पूर्ण राष्ट्रहरुलाई आफ्नो व्यभिचारको अनि परमेश्वरको क्रोधबाट निस्किएको दाखरस पिउन लगाई।”

प्रकाश 18:2

त्यो स्वर्गदूत जोडले करायो“उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।

प्रकाश 18:21

त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

Interlinear

Choose Theme