“हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ।
Cross references
त्यसपछि यहोशूले ऐ शहरलाई जलाइ दिए। त्यो शहर रित्तो ढुङ्गाहरूको राश बन्यो। त्यो आजसम्म त्यही रूपमा छ।
सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे।
म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।
बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए।
तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए। यसैले तिनीहरू मरूद्यानका (मरुभूमिको खाल्डाहरुमा जमेको पानी) सूख्खा धुलोहरू खान्थें।
परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
राजाका परिवारहरू र दीबोनका मानिसहरू उच्च ठाउँहरूमा रूनलाई गए। नबो र मेदबाको लागि मोआबका मानिसहरू डाको छोडी-छोडी रोए। मानिसहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति कपाल र दाह्रीहरू खौरिए।
त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।
सोरको विषयमा शोक सन्देश “हे तर्शीशका जहाजहरू हो! शोक मनाऊ! तिमीहरूको बन्दरगाह ध्वंश गरिएकोछ। जहाजहरूमा भएका मानिसहरूलाई सूचना दिइयो जब तिनीहरू कित्तिमहरूको भूमिबाट आफ्नो लक्ष्यतिर गईरहेका थिए।
हे जहाजहरू! तर्शीशमा फर्क। हे मानवहरू, समुद्रको छेउमा बसेर तिमीहरूले विलाप गर्नुपर्नेछ।
स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर।
यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
मेरा मानिसहरू हो! दुख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।