Home Bibles ☰ Books यशैया 14:31 · नेपाली बाइबल
यशैया 14:31 · नेपाली बाइबल

तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रूनु! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर। त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्।

Cross references

यशैया 3:26

त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

यशैया 13:6

परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।

यशैया 14:29

हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू साँचि नै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्।

यशैया 16:7

त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्। मोआबका सारा मानिसहरू रूनेछन्। मानिसहरू उदास हुनेछन्। विगतमा तिनीहरूसित भएका कुरा तिनीहरूले चाहन्छन्। तिनीहरूले कीरहारेशेतमा बनाएको नेभाएको केकहरूको इच्छा गर्छन्।

यशैया 20:1

सर्गान अश्शूरका राजा थिए। सर्गोनले त्यो शहरसित युद्ध गर्नु अश्दोदकहाँ टर्टोनलाई पठाए। टार्टोनले त्यहाँ गएर शहर कब्जामा पारे।

यशैया 24:12

यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

यर्मिया 1:14

परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ। त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।

यर्मिया 25:16

तिनीहरूले यो पिउनेछन्। त्यसपछि तिनीहरू धरमराउनेछन् र पागल मानिस जस्तो व्यवहार गर्नेछन। तिनीहरूले तरवारको कारण त्यसो गर्छन् जुन तिनीहरूको विरूद्ध म पठाउँदैछु।”

Interlinear

Choose Theme