Home Bibles यर्मिया 49:2 · नेपाली बाइबल
यर्मिया 49:2 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले युद्धको स्वर सुन्ने समय आउनेछ। रब्बा एउटा नष्ट पहाड हुनेछ। वरिपरिका सबै गाउँहरू जलाइनेछन् र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए तिनीहरूलाई इस्राएलका मानिसहरूले बाहिर निकाल्नेछन्।” यो सन्देश परमप्रभुबाट थियो।

Cross references

गन्ती 21:25

यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।

व्यवस्था 3:11

बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।

यहोशू 13:24

मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

2 शमूएल 11:1

बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे।तर दाऊद यरूशलेममा नै बसे।

2 शमूएल 12:27

योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें।

भजनसंग्रह 48:11

हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

भजनसंग्रह 97:8

हे सियोन, सुन अनि खुशी बन! हे यहूदाका शहरहरू, खुशी होऊ। किन? किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।

यशैया 11:14

तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।

यशैया 14:1

भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफै यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।

यशैया 14:2

ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।

यर्मिया 4:19

हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।

यर्मिया 49:1

यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”

इजकिएल 16:46

तिम्रो ठूलो दिदी सामरिया थिई ऊ तिम्रो उत्तरदिशामा आफ्नो छोरीहरूसँग बस्थी अनि तिम्रो सानो बहिनी सदोम थिई। उ आफ्नो छोरीहरूसँग (शहरहरू) तिम्रो दक्षिणमा बस्थी!

इजकिएल 21:20

जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ।

इजकिएल 21:25

अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”

इजकिएल 25:4

यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्।

आमोस 1:14

यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ।कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।

ओबदिया 1:19

तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।

Interlinear

Choose Theme