तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।
Cross references
परमप्रभुको विशेष दिन नजिक आइरहेको छ। यसैले तिमीहरू आफ्नैलागि रोई कराई गर। समय आइरहेको छ जब शत्रुहरूले तिमीहरूका धन-सम्पत्ति चोर्नेछन्। सर्वशक्तिमान परमेश्वरले त्यस्तो घट्ना घटाउनु हुनेछ।
हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
यी दुइ कुरा अचानक तिमीसित घट्नेछन्। पहिले, तिमीले आफ्ना नानीहरू गुमाउनेछौ। अनि त्यसपछि तिमीले आफ्नो लोग्ने गुमाउनेछौ। हो, यी कुराहरू साँच्चि नै तिमीसित घट्ने नै छन्। अनि तिम्रा सबै मन्त्र र मोहनी शक्तिले तिमीलाई बचाउँनेछैन।
निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?
परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
हे मिश्र देशकी कन्ये-छोरी! गिलाद जाऊ अनि औषधि ल्याऊ। अनि सबै औषधिहरू जो तिमीले लगाउँछौ त्यो व्यर्थको हुनेछन्। तिमी निको हुने छैनौ।
मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो।
यसर्थ म मोआबका मानिसहरूको लागि विलाप गर्दछु, म सम्पूर्म मोआबको लागि रून्छु। म कीरहेरेसका मानिसहरूका लागि शोक गर्छु।
“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’
‘शीशक’ परास्त हुनेछ। सारा पृथ्वीको गौरवको र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।
ऊ तिम्रो विषयमा धेरै दुखी हुन्छ! ऊ धुरू-धुरू रूँनेछ। उसले आफ्नो टाउकोमा धुलो हाल्नेछ। ऊ खरानीमा लडीबडी गर्नेछ।
“हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छरूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।”
यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो।
अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 वर्षका थिए।