Home Bibles यर्मिया 44:30 · नेपाली बाइबल
यर्मिया 44:30 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। “मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।”‘

Cross references

2 राजा 25:4

नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।

यर्मिया 34:21

म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।

यर्मिया 39:5

कल्दीहरूका सिपाहीहरूले सिदकियाह र उनका सिपाहीहरूलाई खेद्‌दै गए अनि त्यति बेला सिपाहीहरू सिदकियाह सँगै यरीहोको मैदानमा पक्राऊ परे। तिनीहरूले सिदकियाहलाई बाबेलका राजा नबूकदनेस्सर जो हमात देशको रिबला शहरमा थिए त्यहाँ पुर्याए। रिबला शहरमा बाबेलका राजा नबूकदनेस्सरले सिदकियालाई कस्तो व्यवहार गर्नु पर्ने, बताए।

यर्मिया 39:7

तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे।

यर्मिया 43:9

“परमप्रभुले यर्मियालाई भने, ठूलठूलो ढुङ्गाहरू हातमा ल्याऊ र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटालेमा छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर।

यर्मिया 46:13

यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

यर्मिया 46:26

म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”“यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

यर्मिया 52:8

तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।

इजकिएल 29:1

देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

इजकिएल 29:2

“हे मानिसको छोरो! मिश्रको राजा फिराऊन प्रति ध्यान देऊ। मेरा निम्ति त्यसको तथा मिश्रको विरूद्धमा केही बोल।

इजकिएल 30:21

“हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”

इजकिएल 31:18

“यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

Interlinear

Choose Theme