Home Bibles यर्मिया 34:21 · नेपाली बाइबल
यर्मिया 34:21 · नेपाली बाइबल

म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।

Cross references

2 राजा 25:18

मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।

यर्मिया 32:4

यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर निसन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ।

यर्मिया 34:3

सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।

यर्मिया 37:5

फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।

यर्मिया 39:6

रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।

यर्मिया 52:10

रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारि्यो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।

यर्मिया 52:24

राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।

विलाप 4:20

राजा हाम्रो लागि अत्यन्त प्रमुख थिए उनी हाम्रा प्राणका स्वास जस्तै थिए। तर राजालाई तिनीहरूले पासोमा पारे परमप्रभुबाटनै चुनिएका राजा थिए। हामीले राजाको विषयमा भन्यौं, “हामी उहाँको छायाँसँग बाँच्नेछौं उहाँले हामीलाई अन्य जातिहरूबाट जोगाउनु हुने छ।”

इजकिएल 17:12

“यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।

इजकिएल 17:16

परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो।

इजकिएल 17:20

म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।

Interlinear

Choose Theme