Home Bibles यर्मिया 46:13 · नेपाली बाइबल
यर्मिया 46:13 · नेपाली बाइबल

यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो।

Cross references

यशैया 19:1

मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।

यशैया 29:1

परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। उसको छुट्टीहरू, र्बष पछि लगातार भयो।

यर्मिया 43:10

तब ती मानिसहरूलाई यसो भन कि ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ म बाबेलका राजा नबूकदनेस्सरलाई जो मेरो दास हो यहाँ बोलाउनेछु। अनि उसको सिंहासन यहाँ मैले ढुङ्गा लुकाएको ठाउँमा खडा गराउँछु नबूकदनेस्सरले आफ्नो राज-छत्र ती ढुङ्गाहरू माथि फैलाउनेछ।

यर्मिया 43:11

नबूकदनेस्सर यहाँ आउनेछ र मिश्रमाथि आक्रमण गर्नेछ। उसले जो मर्नु पर्नेछ तिनीहरूका लागि मृत्यु ल्याउनेछ। उसले तिनीहरूलाई कैद-स्थिति ल्याउने छ जो कैदमा पर्नु पर्नेछ। अनि उसले तिनीहरूको लागि तरवार ल्याउनेछ जो तरवारले मारिनु पर्नेछ।

यर्मिया 44:30

परमप्रभु भन्नुहुन्छ ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। “मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।”‘

Interlinear

Choose Theme