म तिनीहरूलाई बाबेलको राजा नबूकदनेस्सर र उसको सेवकहरूको हातमा सुम्पिनेछु जसले तिनीहरूलाई मार्न खोजिरहेका छन्।”“यस ध्वंस पछि मिश्रमा फेरि अघि झैं मानिसहरू बसो-बास गर्नेछन्।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
Cross references
परमप्रभु भन्नुहुन्छ ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। “मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।”‘
“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।
“तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।
यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म तिम्रो विरूद्धमा तरवार चलाउँछु! म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।
परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रका बासिन्दाहरूलाई कतिपय राष्ट्रहरूमा तितर-बितर पार्छु। तर चालीस वर्षको अन्तमा फेरि तिनीहरूलाई एकै ठाँउमा जम्मा गर्छु।
किन? किनकि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “बाबेलको राजाको तरवार तिम्रो विरूद्धमा युद्ध गर्नु आउँछ।