Home Bibles इजकिएल 29:1 · नेपाली बाइबल
इजकिएल 29:1 · नेपाली बाइबल

देशबाट निकालिएको दशौं वर्षको दशौं महीनाको बाह्रौं दिनमा परमप्रभु मेरा मालिकको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

Cross references

यशैया 19:19

त्यस समय मिश्रको बीचमा परमप्रभुको लागि एउटा वेदी तयार हुनेछ। मिश्रको सिमानामा परमप्रभुमाथि श्रद्धा प्रकट गर्नलाई एउटा स्मारक बनाइनेछ।

यर्मिया 43:8

तहपनेस शहरमा, यर्मियाले परमप्रभुबाट सन्देश प्राप्त गरे

यर्मिया 46:1

ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ।

इजकिएल 1:2

स्वर्ग खुलियो अनि मैले परमेश्वरको दर्शन देख्न सकें।

इजकिएल 8:1

एक दिन म आफ्नो घरमा बसिरहेका थिएँ अनि यहूदाको बूढा-प्रधानहरू त्यँहा मेरो छेउमा बसेका थिए। यो देशबाट निकालिएको छैटौं वर्षको छैटौं महिनाको पाचौं दिनको कुरा हो। अचानक परमप्रभु मेरो मालिकको शक्ति मकहाँ आयो।

इजकिएल 20:1

एकदिन परमप्रभुलाई एउटा प्रश्न गर्न इस्राएलका बूढा-प्रधानहरू मध्ये कतिजना मकहाँ आए। यो पाँचौं महीनाको दशौं दिन अनि देशबाट निकालिएको सातौं वर्ष थियो। बूढा-प्रधानहरू मेरो अघि बसेका थिए।

इजकिएल 26:1

देशबाट निकालिएको एघारौं वर्षको महीनाको पहिलो दिनमा, परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

इजकिएल 29:17

देशबाट निकालिएको सत्ताईसौं वर्षको पहिलो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

इजकिएल 32:32

“जति बेला फिराऊन जीवित थियो, उसले मानिसहरूलाई भयभीत गरायो। तर अब उसलाई सबै खतना नभएकाहरूसित सुताइनेछ। फिराऊन अनि उसको सेनाहरू ती सबै अरू सैनिकहरूसँग सुत्ने छन्, जो युद्धमा मरिसकेका छन्।” परमप्रभु मेरो मलिकले यसो भन्नुभयो।

इजकिएल 40:1

हामीहरूलाई देश निकाला गरिएको पच्चीसौं वर्षको आरम्भमा, दशौं महीनाको दशौं दिनमा, परमप्रभुको शक्ति मकहाँ आयो। यो यरूशलेम पक्राऊ परे पछिको चौधौं वर्षको दिन थियो। एक दर्शनमा परमप्रभुले मलाई त्यहाँ लिएर जानु भयो।

Interlinear

Choose Theme