Home Bibles ☰ Books यर्मिया 35:4 · नेपाली बाइबल
यर्मिया 35:4 · नेपाली बाइबल

त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।

Cross references

व्यवस्था 33:1

परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।

यहोशू 14:6

एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ।

1 शमूएल 2:27

परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।

1 शमूएल 9:6

तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”

1 राजा 12:22

तर परमप्रभुले एक जना अगमवक्तासँग बोल्नु भयो। उनको नाउँ शमायाह थियो। परमेश्वरले भन्नुभयो,

1 राजा 13:1

परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।

1 राजा 13:26

बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”

1 राजा 17:18

तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”

1 राजा 17:24

स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”

1 राजा 20:28

परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘

2 राजा 1:9

अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘

2 राजा 1:11

अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!”‘

2 राजा 5:14

यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।

2 राजा 5:20

तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”

2 राजा 6:10

इस्राएलका राजाले आफ्नो मानिसहरूलाई त्यस ठाउँमा खबर पठाए कि परमेश्वरको मानिसले यस विषय चेताउनी दिएका थिए। उसले ती खबरहरू कम्तिमा तीनपल्ट पठाए त्यसकारण मानिसहरू होसियार भए।

2 राजा 7:2

तब राजाको छेऊमा भएका अधिकारीले परमेश्वरका जनलाई उत्तर दिए। अधिकारीले भने, “यदि परमप्रभुले अकाशमा झ्याल बनाए भने पनि यस्तो हुन सक्दैन।”एलीशाले भने, “तिमीले यसलाई आफ्नै आँखाले देख्ने छौ। तर तिमी त्यस खाद्य मध्ये केही पनि खान पाउने छैनौ।”

2 राजा 7:17

राजाले द्वारको हेरचाह गर्नका लागि साह्रै मन पर्ने अधिकारीलाई रोजे। तर मानिसहरू शत्रुको शिबिरबाट खाद्य सामाग्री लिन दर्गुन थाले। मानिसहरूले अधिकारीलाई हिर्काएर लडाए अनि त्यसमाथि टेक्दै गए अनि ऊ मर्यो। यसकारण यी सब घटनाहरू त्यसरी नै हुँदै गए। जसरी परमेश्वरका जनले भने जब राजा एलीशाको घरमा गएका थिए।

Interlinear

Choose Theme