परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।
Cross references
तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्।
परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरूभूमिमा जाऊ अनि मोशालाई भेट।”यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए।
जब तिनीहरू मिश्रमा थिए, परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो।
परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “यहाँ निस्तारका निम्ति विधिहरू छन् कुनै पनि विदेशीले निस्तार चाडको भोजन खान पाउनेछैन।
परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।
यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।
त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन।
शाऊलले गधाहरू खोज्न शुरू गरे। शाऊल एप्रैमका पहाडी देश हुदै शलीशको इलाकातिर पुगे। तर शाऊल र नोकरले कीशका गधाहरूको पत्तो लगाउन सकेनन्। ती दुइजना गधाहरू खोज्दै शालेमका चारैतिर घुमे। तर त्यहाँ पनि गधाहरू थिएनन्। यसकारण तिनीहरूले बिन्यामिनीको प्रदेशमा पनि गधा खोज्दै यात्रा गरे तर त्यहाँ पनि गधाहरू भेट्टाउन सकेनन्।
तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”
परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।
तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।
किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।