Home Bibles ☰ Books 1 इतिहास 9:18 · नेपाली बाइबल
1 इतिहास 9:18 · नेपाली बाइबल

तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालकहरू थिए।

Cross references

1 राजा 10:5

रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, ‘लामो सास फेर्ने बनाइ दिए।’

2 राजा 11:19

पूजाहारीले सबै मानिसहरूलाई बाटो देखाए। तिनीहरू परमप्रभुको मन्दिरबाट राजाको महलमा गए। राजाका विशेष रक्षकहरू र सेनापति राजासँगै गए। अनि अरू सबै मानिसहरूले उनीहरूको अनुसरण गरे। तिनीहरू राजाको घरको प्रवेशद्वारमा पुगे। तब राजा योआश सिंहासनमा बसे।

2 राजा 16:18

कर्मीहरूले विश्राम दिनको सभाका लागि मन्दिरभित्र एउटा छापको ठाउँ बनाए। आहाजले राजाको बाहिरी प्रवेशद्वार पनि हटाए। आहाजले यी सबै परमप्रभुको मन्दिरबाट निकाले। आहाजले यस्तो काम अश्शूरका राजाको कारणले गर्दा गरे।

1 इतिहास 26:12

यी द्वारपालकहरूका समूहहरूमा प्रधानहरू थिए। द्वारपालकहरूले परमप्रभुको मन्दिरमा सेवा गर्ने विशेष तरिका थियो जस्तो तिनीहरूका आफन्तहरूले गर्थे।

इजकिएल 44:2

परमप्रभुले मलाई भन्नुभयो, “यो मूल-ढोका बन्द हुन्छ। यो खोलिने छैन्। कोही पनि यसबाट प्रवेश गर्न सक्ने छैन। किन? किनकि इस्राएलको परमप्रभु यसबाट प्रवेश गरिसक्नु भएकोछ। यसकारण यो बन्द हुनुपर्छ।

इजकिएल 46:1

परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।

प्रेरित 3:11

त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रहयो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे।

Interlinear

Choose Theme