Home Bibles 1 तिमोथी 6:11 · नेपाली बाइबल
1 तिमोथी 6:11 · नेपाली बाइबल

तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।

Cross references

व्यवस्था 16:20

उद्धारता अनि न्याय! तिमीहरूले सधैं असल अनि राम्रो हुन कोशिस गर्नु पर्छ। तब परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा अधिकार गर्ने छौ र जीउने छौ।

व्यवस्था 33:1

परमेश्वरको मानिस मोशाले आफ्नो मृत्युभन्दा अघि इस्राएलका मानिसहरूलाई दिएको आशीर्वाद यो नै हो।

1 शमूएल 2:27

परमेश्वरका एकजना दास आएर एलीलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘म तेरो पिता-पुर्खाहरू मिश्रमा फिरऊनको दासत्वमा रहेको समयमा म तेरो पिताको परिवारमा प्रकट भएँ।

1 शमूएल 9:6

तर नोकरले भन्यो, “यस शहरमा परमेश्वरका एकजना मानिस हुनुहुन्छ। मानिसहरूले उहाँलाई धेरै मान्छन्। उहाँले जे भन्नुहुन्छ त्यो पुग्छ। यसकारण हामीहरू शहरमा जाऔ। हुनसक्छ परमेश्वरका मानिसले हामीलाई अब कता जानुपर्ने हो भनिदिनुहुन्छ होला।”

1 राजा 13:1

परमप्रभुले यहूदाका एक जना परमेश्वरको जनलाई अगमवक्तालाई बेतेल शहरमा जाने आदेश दिनुभयो। राजा यारोबाम वेदीमा उभिएर धूपबत्ती बालि रहेका थिए तब परमेश्वरको जन त्यहाँ पुगे।

1 राजा 13:26

बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”

1 राजा 17:18

तब त्यस स्त्रीले एलियालाई भनिन्, “तपाईं परमेश्वरका जन तपाईंसित मेरो विरोधमा के छ? के तपाईं यहाँ मैले गरेको पाप कामहरूको सम्झना गराउन आउनु भएको हो? के तपाईं यहाँ मेरो छोराको मृत्यु गराउन आउनु भएको हो?”

1 राजा 17:24

स्त्रीले भनिन्, “अहिले मलाई थाह भयो तपाईं साँच्चै नै परमेश्वरबाटको मानिस हुनुहुन्छ। परमप्रभु तपाईं मार्फत बोल्नुहुँदो रहेछ मलाई थाह भयो!”

1 राजा 20:28

परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘

2 राजा 1:9

अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘

2 राजा 1:13

अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।

2 राजा 5:20

तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”

2 राजा 23:17

योशियाहले भने, “मैले देखेको त्यो स्मारक के हो?”त्यस शहरका मानिसहरूले उनलाई भने, “यो परमेश्वरका जनको चिहान हो जो यहूदाबाट आएका थिए। यी परमेश्वरका मानिसहरूले यी कुराहरूको विषयमा अगमवाणी गरेका थिए जो तिमीले बेतेलको वेदीमा गरेका छौ।”

1 इतिहास 23:14

जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।

2 इतिहास 8:14

सुलेमानले आफ्ना पिता दाऊदका निर्देशनहरूको पालन गरे। सुलेमानले तिनीहरूको सेवाका निम्ति पूजाहारीहरूका दल चुने। सुलेमानले लेवीहरूलाई पनि तिनीहरूका कर्त्तव्यका निम्ति चुने। लेवीहरूले स्तुति गर्नमा अगुवाइ गर्नु अनि पूजाहारीहरूलाई मन्दिरको सेवामा दिन दिनै गरिनु पर्ने कार्यमा सहायता दिनु थियो। अनि सुलेमानले प्रत्येक द्वारमा सेवा गर्नका निम्ति द्वारपालहरू तिनीहरूका समूह अनुसार चुने। यो तरिकाको निर्दोश परमेश्वरका व्यक्ति दाऊदले दिएका थिए।

नहेम्याह 12:24

लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्‌मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।

नहेम्याह 12:36

अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए।

भजनसंग्रह 34:14

नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात।

भजनसंग्रह 38:20

मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें। मैले सुकार्य गर्ने प्रयास मात्र गरें, तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।

यशैया 51:1

“तिमीहरू कतिपय असल जीवन जीउनलाई एकदमै कोशीश गर्छौ। तिमीहरू यसको लागि परमप्रभुको सहयोग माग्न जान्छौ। मलाई ध्यान दिएर सुन। तिमीहरूले आफ्ना पिता अब्राहामलाई हेर्नु पर्छ। उनी एक चट्टान हुन जसको टुक्रा तिमीहरू होऊ।

यर्मिया 35:4

त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।

रोमी 14:19

यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

1 कोरिन्थी 6:18

यसैकारण यौन पापदेखि अलग हौ। मानिसले अरू जुन सुकै अपराध गरोस् त्यो शरीरदेखि बाहिर हुँदछ तर उसले गरेको यौन अपराध आफ्नै शरीरको विरुद्ध हुनेछ।

1 कोरिन्थी 10:14

यरकारण, मेरा प्रिये मित्रहरू हो, मूर्ति पूजादेखि टाढा बस।

1 कोरिन्थी 14:1

प्रेम तिमीहरूको लक्ष्य हुनु पर्छ। तिमीहरूले साँच्चै आत्मिक वरदानहरू पाउने इच्छा राख्नु पर्छ खास गरी अगमवाणी गर्ने वरदान।

गलाती 5:22

तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,

फिलिप्पी 4:8

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।

1 तिमोथी 4:12

तिमी जवान छौ तर तिम्रो उमेरको कारणले तिमीलाई हेला गर्न कसैलाई नदेऊ। तिनीहरू कसरी जिउनु पर्छ भनि विश्वासीहरूको निम्ति एउटा उदाहरण बन्ने कोशिश गर। तिनीहरूलाई आफ्नो भनाई, आफ्नो रहन-सहन, आफ्नो प्रेम, आफ्नो विश्वास अनि आफ्नो पवित्र जीवनद्वारा देखाऊ।

1 तिमोथी 5:10

उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।

1 तिमोथी 6:20

तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।

2 तिमोथी 2:22

जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।

2 तिमोथी 3:17

परमेश्वरको प्रत्येक सेवक धर्मशास्त्रको प्रयोग गरेर तयार हुनेछ अनि हर किसिमको उत्तम कार्य गर्न उसलाई आवश्यक हरेक कुरा प्राप्त हुनेछ।।

तीतस 2:11

हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।

हिब्रू 12:14

सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।

1 पत्रुस 3:11

त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।

2 पत्रुस 1:5

यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

Interlinear

Choose Theme