Home Bibles 1 इतिहास 9:27 · नेपाली बाइबल
1 इतिहास 9:27 · नेपाली बाइबल

तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।

Cross references

1 शमूएल 3:15

बिहानसम्म शमूएल आफ्नो ओछ्यानमै पल्टिरहे उज्यालो हुन साथ झट्पट् उठेर परमप्रभुका मन्दिरका ढोकाहरू खोले। दर्शनको विषयमा एलीलाई भन्न तिनी डराएका थिए।

1 इतिहास 23:30

लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।

भजनसंग्रह 134:1

परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।

यर्मिया 35:4

त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।

मलाकी 1:10

“साँच्चै नै तिमीहरू मध्ये कसैले मन्दिरको ढोकाहरू बन्द गर्छ अनि सही जग्गामा दीयो बाल्छ, तर म तिमीहरूसँग प्रसन्न हुनेछैन। म तिम्रो भेटी स्वीकारगर्नेछैन।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नु भयो।

रोमी 12:7

यदि कसैसँग सेवाको वरदान छ भने उसले सेवा गर्नुपर्छ। यदि कसैसँग उपदेशको वरदान छ भने उसले उपदेश दिनुपर्छ।

Interlinear

Choose Theme