तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
Cross references
तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शुत्रहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।
बाटा-घाटामा सैनिकहरूले तिनीहरूलाई मार्नेछन्। तिनीहरूका घरहरूमा भयंकर घटनाहरू हुनेछन्। सैनिकहरूले युवा-युवतीहरूलाई मार्नेछन्। तिनीहरूले नानीहरू अनि बूढा-बूढीहरुलाई मार्नेछन्।
परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले आफ्ना मानिसहरूलाई चेताउनी दिनका निम्ति बारम्बार अगमवक्ताहरू पठाउनु भयो। परमप्रभुले यसो गर्नु भयो किनभने उहाँ तिनीहरू अनि आफ्ना मन्दिर प्रति दुःखित हुनुहुन्थ्यो। परमप्रभु तिनीहरूलाई वा आफ्ना मन्दिरलाई नष्ट गर्न चाहनु हुन्न थियो।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!
त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्।
तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
त्यस समयमा परमप्रभुले लिब्यातानलाई जाँच गर्नु हुनेछ। लिब्यातान एउटा अधर्मी सर्प जस्तै हो जसमाथि परमप्रभुले आफ्नो विशाल तरवार चलाउनु हुनेछ। उहाँले आफ्नो बलियो अनि शक्तिशाली तरवारद्वारा सर्प लिब्यातानलाई दण्ड दिनु हुनेछ। परमप्रभुले समुद्रको ठूलो राक्षसलाई मार्नुहुनेछ।
मैले ती झूटा देवताहरूमा हेरें। तिनीहरू केही भन्नलाई कोही पनि बुद्धिमानी थिएनन्। मैले तिनीहरूलाई प्रश्नहरू गरें तर तिनीहरूले एउटा शब्द पनि भनेनन्।
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।
ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।
कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
किनभने तिमीहरूले यी सब गरयौ,” परमप्रभु भन्नुहुन्छ। “किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।
यसकारण तिनीहरूका नानीहरू भोक भोकै मरून्। शत्रुका तरवारहरूले तिनीहरू परास्त हउन। तिनीहरूका पत्नीहरू छोरा-छोरी बिहीन होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। तिनीहरूका पत्नीहरू विधवाहरू होऊन्। यहूदाका मानिसहरू मृत्यु तिर धकेलिउन्। जवानहरू युद्ध-भूमिमा मारिउन्।
“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”
परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।
परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्।
“यी वचनहरू परमप्रभुले अगमवक्ताहरूद्वारा घोषणागर्नु भएको थियो। हैइन? उहाँले त्यो वचन त्यति बेला भन्नु भएको थियो जति बेला यरूशलेम मानिसहरूले भरिएको र पुरै उन्नति भएको शहर थियो। परमेशवरले यो कुरा त्यस बेला भन्नुभयो जब यरूशलेमको चारैतिरका शहर अनि नेगव तथा पश्चिमी पहाडको तराईका मानिसहरू शान्ति पूर्वक बस्थे।”
तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरुले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्।
तिनीहरू हठी थिए। तिनीहरुले परमेशवरको व्यावस्था पालन गर्न अस्वीकार गरे। आफ्नो आत्माशक्तिद्वारा सर्वशक्तिमान परमप्रभुले अगमवक्ताका माध्यमबाट आफ्ना मानिसहरुलाई वचन पठाउँनुभयो। तर मानिसहरूले त्यो सुनेनन्, यसकारण सर्वशक्तिमान परमप्रभु साह्रै क्रोधित हुनुभयो।
केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।
राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।
यो सुनेर राजा क्रोधित भए। राजाले आफ्नो सेना पठाए, ती हत्याराहरूलाई मारे अनि तिनीहरूको शहर जलाएर भष्म पारिदिए।
उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।