यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”
Cross references
तब मीकाले भने, “सुन्नुहोस्, यी सबै परमप्रभुका वचनहरू हुन्। मैले परमप्रभुलाई स्वर्गमा सिंहासनमा बसिरहनु भएको देखें। उहाँका स्वर्गदूतहरू उहाँको वरिपरि उभिरहेका थिए।
मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।
मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।
यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
तिमीहरूले आफूले रोजेको जीवन शैली नै मन परायौ। दुष्ट योजनामा व्यस्त रह्यौ, तिमीहरूले मेरा उपदेश मानेनौ, यसर्थ तिमीहरूले अहिले आफ्नो कर्मको फल भोग्नै पर्छ, त्यही नै तिमीहरूले ग्रहण गर्नु पर्छ।
दुष्ट मानिसहरू जे कुरामा डराउनछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।
म घरमा आएँ, त्यहाँ कोही पनि थिएन्। मैले घरिघरि बोलाईनै रहें। तर के म तिमीहरूलाई बचाउँन सक्तिन भनेर सोच्दछौ? तिमीहरूलाई आफ्ना सारा संकटहरूबाट बचाउँन मसँग शक्ति छ। हेर, यदि मैले समुद्रलाई सुख्खा भई जा भनेर आदेश दिएँ भने त्यो सुख्खा हुनेछ। माछा पानी बिना मर्ने छ, अनि तिनीहरूका शरीरहरू कुँहिएर जानेछन्।
सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।
“म ती मानिसहरूलाई स्वीकार गर्न तयार छु जो मेरो विरूद्धमा उठेकाछन्। मकहाँ तिनीहरू आऊन, भनेर म पर्खीरहेछु। तर तिनीहरू लगातार त्यसरी नै बाँचे जुन असल होइन्। तिनीहरूले आफ्ना मनले जे चाहे त्यही गरे।
ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।
तर म तिमीहरूको भविष्यको निर्णय गर्दछु। अनि तिमीहरू तरवारद्वारा मारिनेछौ, सबै भनेर पनि निर्णय गर्दछु। तिमीहरू सबै नै मारिने छौ। किन? किनभने मैले तिमीहरूलाई बोलाएँ तर तिमीहरूले अस्वीकार गर्यौ, जवाफ दिएनौ। म तिमीहरूसँग बोलें अनि तिमीहरूले सुनेनौ। तिमीहरूले त्यही काम गर्यौ जुन मैले पापपूर्ण हो भनें। मैले मन नपराउने कामहरू नै तिमीहरूले गर्ने निर्णय गर्यौ।”
किनभने तिमीहरूले यी सब गरयौ,” परमप्रभु भन्नुहुन्छ। “किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
“स्वर्गका राज्य एउटा राजा जस्तै हो, जसले आफ्नो छोराको विवाहमा भोजनको व्यवस्था गर्छन्।
झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठूला-ठूला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्।
दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।