अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।
Cross references
“नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसंग प्रार्थना गरें।
यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।
ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।”
राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।
यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”
यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो वर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो।
यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।
हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।