Home Bibles 2 कोरिन्थी 8:21 · नेपाली बाइबल
2 कोरिन्थी 8:21 · नेपाली बाइबल

हामी ठीक काम गर्ने कोशिश गर्छौ। प्रभुले जस्तो ठीक मान्नु हुन्छ र मानिसहरूले पनि जुन ठीक ठान्छन् हामी त्यही गर्न चाहन्छौं।

Cross references

रूथ 3:14

यसर्थ बिहान नभएसम्म रूथ बोअजको खुट्टाको नजिकमा सुतिन्। मानिसहरूले एक अर्कालाई चिन्न नसक्ने झिसमिसेमानै तिनी उठिन्।बोअजले तिनलाई भने, “तिमी हिजो राती मकहाँ आयौ भन्ने कुरा हामी गुप्त राख्छौं।”

1 राजा 18:34

तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।”

मत्ती 5:16

त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।

मत्ती 6:1

“होशियार बस, जब तिमीहरू राम्रो काम गर्छौ, अरू मानिसहरूका उपस्थितिमा त्यस्ता देखावटीका निम्ति काम नगर। यदि त्यसो गर्यौ भने स्वर्गमा भएका तिम्रा पिताबाट तिमीहरूलाई केही इनाम मिल्नेछैन।

मत्ती 6:4

तिम्रो दान-पुण्य गुप्त रूपमा होस्। गुप्त रुपमा गरेका तिम्रो दान-पुण्य तिम्रा पिताले अवश्यै देख्नु हुनेछ। तब तिम्रा पिताले, जसले गुप्तहरूपमा के गरिएको छ देखनुभएको छ र उहाँले तिमीलाई इनाम दिनुहुनेछ।

मत्ती 23:5

“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्।

रोमी 12:17

यदि तिमीलाई कसैले चोट पुर्याँउछ भने तिमीले त्यसको बद्ला नलेऊ। सबै मानिसलाई राम्रो गर्ने प्रयास गर।

रोमी 14:18

कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

2 कोरिन्थी 2:17

हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।

2 कोरिन्थी 5:9

हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीष्ठ्वरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं।

फिलिप्पी 4:8

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।

1 थिस्सलोनिकी 5:22

हर प्रकारको दुष्ट्याइँदेखि टाढा बस।

1 तिमोथी 5:14

यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।

तीतस 2:5

तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।

1 पत्रुस 2:12

मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।

Interlinear

Choose Theme