यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेल तर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो वर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य प्रभारी थिए।
Cross references
किनभने हाम्रा पूर्खाहरूले स्वर्गका परमेश्वरलाई क्रोधित तुल्याएका हुनाले उहाँले तिनीहरूलाई बाबेलका राजा नबूकदनेसर, चलदियनको हातमा सुम्पिनु भयो, अनि तिनले यो मन्दिरलाई तोडि दिए र बाबेलमा कैदी बनाए ती मानिसहरूलाई लगे।
त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।
यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।
यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो वर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो।
सिदकियाह यहूदाका राजा हुँदा उनी 12 वर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार वर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।