राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।
Cross references
“यो ठाउँ छोड अनि पूर्वतिर लाग। केरीतको सांघुरो घाटी छेउ लूक। यो घाटी यर्दन नदीको पूर्वमा छ।
“सीदोनमा सारपत जाऊ। त्यही बस। त्यस ठाउँमा एउटी आइमाई छ जसको पति मरेको छ। मैले उसलाई तिम्रो लागि खाद्य दिनु भनी आदेश दिएको छु।”
एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।
परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्!उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए।
राजा आहाबले ईजेबेललाई सबै थोक बताए जो एलियाले गरे। आहाबले उनलाई कसरी एलियाले तरवारले सबै अगमवक्ताहरूलाई मारेको बताए।
एलियाले उत्तर दिए, “परमप्रभु, सर्वशक्तिमान परमेश्वर, सधैं मैले सकेसम्म तपाईंको सेवा गरेको छु। तर इस्राएलका मानिसहरूले तपाईंसित भएको करार तोेडेका छन् तिनीहरूले तपाईंका वेदीहरू भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। म मात्र यस्तो अगमवक्ता हुँ जो अहिलेसम्म जिउँदै छु अनि अहिले तिनीहरू मलाई मार्ने प्रयास गर्दैछन्।”
एलियाले भने, “परमप्रभु, हे सर्वशक्तिमान परमेश्वर, मैले सकेसम्म सधैं तपाईंको राम्रो सेवा गरेको छु। तर इस्राएली मानिसहरूले तपाईंको करारलाई पालन गरेनन्। तिनीहरूले तपाईंको वेदी भत्काए। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अहिले सम्म बाँच्ने अगमवक्ता मैं मात्र हुँ। अनि अहिले तिनीहरू मलाई मार्ने चेष्टा गर्दैछन्।”
तब इस्राएलका राजाले मीकायालाई पक्रिनु भनी उसका अधिकारीहरू मध्ये एक जनालाई आदेश दिए। राजाले भने, “उनलाई पक्रा उ गर अनि शहरका राजपाल अमोन अनि राजकुमार योआश समक्ष लिएर जाऊ।
ती आगोका घोडा र रथहरू एलीशा छेऊ आए। एलीशाले परमप्रभुसंग प्रार्थना गरे अनि भने, “म प्रार्थना गर्छु तपाईंले यी मानिसहरूलाई अंन्धा बनाइदिनुहोस्।”तब परमप्रभुले त्यसै गर्नुभयो जस्तो एलीशाले भने। परमप्रभुले अरामी सेनाहरूलाई अंन्धो बनाइदिनुभयो।
यहोशेबा राजा योरामकी छोरी र अहज्याहकी बहिनी थिइ। योआश राजाका छोराहरू मध्ये एक जना थिए। यहोशेबाले योआशलाई आफूसंग लिएर गयो जब सबै अरू नानीहरू मरिसकेका थिए। योहोशापातले योआश र उसको धाईलाई एउटा सुत्ने कोठामा लुकाइन ताकि अतल्याले तिनीहरूलाई नभेटाउन। यसरी योआश मारिएन।
आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।”‘
परमप्रभुले मलाई बचाउनु हुन्छ। जब म संकटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई संकटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। जबसम्म कष्ट हराँउदैन म तपाईंको संरक्षणमा छु।
मेरो शत्रुहरूका षडयन्त्रहरूबाट मलाई रक्षा गर्नुहोस्। ती कुकर्मीहरूबाट मलाई जोगाउनु होस्।
तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ।
परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।
तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!
हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइञ्जेल सम्म लुक।
ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन् तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्। किन? किनभने म तिमीसँग छु, अनि म तिमीलाई बचाउने छु।” यो सन्देश परमेश्वरबाट आएको हो।
“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
राजा यहोयाकीम र उनका सैनिक अधिकारीहरू अनि यहूदाका प्रमुखहरूले ऊरियाहले गरेको प्रचार सुने। तिनीहरू क्रोधित भए। राजा यहोयाकीमले ऊरियाहलाई मार्न चाहन्थे। तर ऊरियाहले त्यो कुरा चाल पाए। ऊरियाह डराए र मिश्र देशमा भागेर गए।
अब शापानको छोरो अहीकामले यर्मियालाई सुरक्षा दिए। यसर्थ तिनले तिनलाई मानिसहरूको हातबाट बचाए।
यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन।
तब शाही अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया भाग्नु पर्छ र लुक्नु पर्छ। तिमीहरू कहाँ लुक्छौ कसैलाई पनि नभन्नु।”
त्यसपछि ती अधिकारीहरूले यर्मियालाई लगे अनि राजाको छोरो मल्कियाहको पानीको इनारमा फ्याँकिदिए। त्यो इनार प्रहारी चोकामा थियो। ती अधिकारीहरूले डोरी लगाएर यर्मियालाई इनारको मुनी झारे। इनारमा पानी थिएनँ, तर हिलो थियो अनि त्यो हिलोमा यर्मिया भासिए।
यसकारण म तिमीहरूलाई भन्दछु ‘म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघाछौ।
जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहुदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहुदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।
फरिसीहरूले येशूको विषयमा मानिसहरूले गुप्तीरूपमा कुराहरू गरेको सुने। यसैले मुख्या पूजाहारीहरू र फरिसीरूले येशूलाई पक्रन मन्दिरको कोही पहरेदारहरूलाई पठाए।
येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्वेनन्। यशूको ठीक समय अझ आइपुगेको थिएन।येशूको विषयमा यहूदीहरूले भुझेनन्
जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढंङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
तर येशूको विषयमा मुख्य पूजाहारीहरू र फरिसीहरूले विशेष आज्ञा दिएका थिए। तिनीहरूले भने कि यदि कसैले येशू कहाँ थियो भनेर थाहा पायो भने त्यस मानिसले तिनीहरूलाई भन्नै पर्छ, ताकि तिनीहरूले पक्रन सकुन्।
तब पत्रुसले के भएको थियो भनेर थाहा पाए अनि आफैलाई भने, “अब मैले थाहा पाएँ कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहूदीहरूले ममाथि केही अप्रिय घटना हुन्छ भनि सोचे होलान्। तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो”