Home Bibles ☰ Books यर्मिया 36:4 · नेपाली बाइबल
यर्मिया 36:4 · नेपाली बाइबल

यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।

Cross references

यशैया 8:1

परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘

यशैया 30:8

अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।

यर्मिया 30:2

परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।

यर्मिया 32:12

अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।

यर्मिया 36:17

त्यसपछि अधिकारीहरूले बारूकलाई एउटा प्रश्न गरे, “बारूक, हामीलाई भन, तिमीले बेहेरूवामा लेखिएका सन्देशहरू कहाँबाट पायौ? के त्यो यर्मियाले भनेका कुराहरू लेखेका हौ?”

यर्मिया 36:18

“हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”

यर्मिया 36:21

यसकारण राजा यहोयाकीमले त्यो बेहेरूवा ल्याउनु यहूदीलाई पठाए। यहूदीले सचिव, एलीशामाको कोठाबाट त्यो बेहेरूवा ल्याए। तब यहूदीले त्यो बेहेरूवा राजालाई र तिनको नजिकै उभिएका सेवकहरूलाई पढेर सुनाए।

यर्मिया 36:23

यहूदीले बेहेरूवा पढन शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढद्थे, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।

यर्मिया 36:26

राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो।

यर्मिया 36:28

“परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख।

यर्मिया 36:32

त्यसपछि यर्मियाले अर्को एउटा बेहेरूवा लिए अनि त्यो नेरियाहको छोरो सचिव बारूकलाई दिए। जस्तै यर्मियाले बोले, बारूकले परमप्रभुको त्यही सन्देशहरू बेहेरूवामा लेखे जुन राजा यहोयाकीमले आगोमा जलाई दिएका थिए। ती सन्देशहरू बाहेक अन्य धेरै त्यस्तै शब्दहरू दोस्रो बेहेरूवामा थपिएका थिए।

यर्मिया 43:3

यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”

यर्मिया 45:1

यहूदाका राजा योशियाहको छोरो यहोयाकीमको राज्यकालको चौथो वर्षमा अगमवक्ता यर्मियाले बारूकलाई यी कुराहरू भने। उसले यर्मियाको बेहेरूवामा ती कुराहरू लेखे यर्मियाले बारूकलाई जे भने त्यो यही हो।

इजकिएल 2:9

अनि जब मैले एउटा हात आफूतिर बढदै गरेको देखें। त्यो एउटा मुट्ठो पारेर बेहेरिएको लामो पुस्तक जसमा केही लेखेर समातेको थियो।

जकरिया 5:1

तब म उँभो हेर्दै फर्किएँ अनि मैले एटा उड्दै गरेको पत्रको मुट्ठो देखें।

रोमी 16:22

म र्ततियस हुँ, पावलले जे बोले ती कुराहरू म लेख्दैछु। अनि परमप्रभुमा म तिमीहरूलाई नमस्कार गर्दछु।

Interlinear

Choose Theme